
३ जेठ, भोजपुर । भोजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कैलाशकुमार आले विजयी भएका छन् । उनी दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन् ।
आलेले नेकपा एमालेका भरतकुमार तामाङलाई पराजित गरे । मेयरमा निर्वाचित आलेले ५ हजार ६१५ मत ल्याउँदा तामाङले ५ हजार १०० मत प्राप्त गरे ।
उपमेयरमा भने एमालेकी निर्मला शेर्पा विजयी भएकी छन् । उनले रुख चिन्हबाट चुनाव लडेकी नेकपा एकीकृत समाजवादीकी ममिता राईलाई पराजित गरेकी हुन् । शेर्पाले ५ हजार ५०० मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी राईले ५ हजार १३३ मत प्राप्त गरिन् । नगरका १२ वडामध्ये ८ वडामा कांग्रेस, ३ वटामा एमाले र एउटा वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4