
३ जेठ, गोरखा । गोरखाको धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङ निर्वाचित भएका हुन् । यसअघिको निर्वाचनमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।
लक्ष्मण गुरुङले कांग्रेसका सन्तबहादुर गुरुङलाई १ हजार ८२५ मतको फराकिलो अन्तरले जितेका हुन् । लक्ष्मणले ३ हजार ७७१ मत ल्याएका छन् भने सन्तबहादुरले १ हजार ९४६ मत ल्याए ।
उपाध्यक्षमा निर्वाचित सुनिलाले ३ हजार ७७९ मत ल्याउँदा कांग्रेसकी फुलमाया गुरुङले १ हजार ९७६ मत प्राप्त गरिन् ।
७ वटा वडा रहेको धार्चेमा ४ वटा वडा (१,२,४,५,७) माओवादी केन्द्र र दुई वटा वडा (३, ६) नेकपा एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4