
३ जेठ, धनगढी । कैलालीको गोदावरी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप भेटिएको विषयको विवाद मिलेको छ । स्वस्तिक छाप भेटिएको भन्दै मुचुल्का उठाइएपछि विवाद मिलेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्वदलीय बैठकमा स्वस्तिक छाप भेटिएको मुचुल्का बनाउँदै अब त्यस्ता गतिविधि नगर्ने विषयमा सबै दल सचेत हुने सहमति भएको निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार विवाद समाधान भएसँगै केहीबेर प्रभावित भएको मतगणनाको काम अघि बढेको छ ।
यसअघि निर्वाचन अधिकृत भण्डारीको कार्यकक्षमा रहेको टेबुलमा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेको विरोधका कारण मतगणना केहीबेर स्थगित भएको थियो । स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेपछि एमालेले सत्तारुढ गठबन्धनले मत गणनामा धाँधली गरिरहेको आरोप लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4