
३ जेठ, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर भण्डारी निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेलाई ८४२ मतले पराजित गरेका हुन् ।
भण्डारीले ४ हजार ३९७ मत ल्याउँदा एमालेका पाण्डेले ३ हजार ५५५ मत ल्याए । त्यस्तै माओवादी केन्द्रका ईश्वर भक्त सुनारले २८१८ मत पाए ।
गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै लक्ष्मी पुन मगर निर्वाचित भएकी छिन् । उनले ४ हजार ३०१ मत ल्याउँदा उनकी प्रतिस्पर्धी एमालेकी दुर्गा कुमारी बिष्टले ३ हजार ५९९ मत पाइन् । त्यस्तै माओवादीकी भूमिसरा टोमटाले २७८३ मत पाइन् ।
१० वटा वडा रहेको बराहाताल गाउँपालिकामा एमालेले पाँच, नेपाली काँग्रेस तीन र नेकपा माओवादी केन्द्र एक वडा जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4