
३ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्याएका छन् ।
२८ हजार १६० मत गणना हुँदा आचार्यले ११ हजार ८१२ मत पाएका छन् । त्यस्तै एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् । मेयर पदका राप्रपा उम्मेदवार शंकर प्रसाद खरलले १२७१, स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६६९ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी उम्मेद्वार कोपिला रानाभाटले पनि एमाले उम्मेदवार मञ्जुदेवी गुरुङसँगको मतान्तर ६४७ पुर्याएकी छन् । रानाभाटले १२ हजार १३० र एमालेकी मञ्जुदेवी गुरुङले ११ हजार ४८३ मत पाएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले १०६९ मत पाएकी छन् । पोखरामा नेकपा एकीकृत समाजवादीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि सहयोग गरेको छ ।
प्रतिक्रिया 4