
३ जेठ, वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा तुलसीराम रेग्मी र उपमेयरमा देवी अर्याल निर्वाचित भएका हुन् ।
रेग्मीले २ हजार ४०४ मत अन्तरले निवर्तमान मेयर समेत रहेकी नेकपा एमालेका उम्मेदवार सीताकुमारी क्षेत्रीलाई पराजित गरे । उनले १२ हजार ४९४ मत ल्याउँदा क्षेत्रीले १० हजार ९० मत ल्याइन् ।
यसैगरी उपमेयरमा निर्वाचित अर्यालले एमालेकै महेश पुरीलाई पराजित गरे । पुरी निवर्तमान उपमेयर समेत हुन् । अर्यालले ११ हजार ७४८ मत ल्याउँदा पुरीले १० हजार ७६१ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4