
३ जेठ, काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा रामाशंकर प्रसाल कुशवाहा र उपमेयरमा कोशिला देवी निर्वाचित भएका हुन् ।
कुशवाहाले ४ हजार ६४३ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका अभयकुमार सिंहले ३ हजार ६३१ मत पाए ।
यस्तै उपमेयरमा निर्वाचित कोशिला देवीले ४ हजार ३५१ मत ल्याइन् भने उनकी निकटतम् प्रतिस्पर्धी लोसपाकी रागनी देवीले ३ हजार ७४० मत प्राप्त गरिन् ।
बलरामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेस विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4