
पोखराको मेयर पदका एकीकृत समाजवादी उम्मेदवार धनराज आचार्य र उपमेयर पदकी कांग्रेस उम्मेदवार कोपिला रानाभाट ।
४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । मंगलबार राति १२ बजेसम्मको गणनामा उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले भन्दा १८०७ मत बढी पाएका छन् ।
आचार्यले १२ हजार ३६४ र थापाले १० हजार ५५७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकरप्रसाद खरालले एक हजार ३१३ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ७०० मत पाएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले मतान्तर बढाउँदै लगेकी छन् । उनले १२ हजार ६५८ मत पाएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ४१ मत पाएकी छन् । त्यस्तै राप्रपाकी रञ्जना सेनले एक हजार १११ मत पाएकी छन् ।
पोखरामा नेकपा एकीकृत समाजवादीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहयोग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4