
४ जेठ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
एमाले उम्मेदवार प्रकाश अधिकारी १७४ मत अन्तरले नगरप्रमुखमा विजयी भएका हुन् । अधिकारीले १० हजार ३४० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत पाइन् ।
काठमाडौंका पालिकामा एमालेको यो पहिलो जित हो ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मुरारी तामाङ १० हजार १३२ मतसहित विजयी हुँदा एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत पाइन् ।
एमालेबाट विजयी अधिकारी यसअघि पनि नगरप्रमुख थिए । पराजित थापा २०७४ सालको निर्वाचनमा पनि नगर उपप्रमुखमा पराजित भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4