
४ जेठ, काठमाडौं ।डोटीको शिखर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयरमा कांग्रेसका दीर्घबहादुर बलायरले ६५६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमबहादुर वलायर ४५९१ मत ल्याए ।
मेयरमा एकीकृत समाजवादीका सागरप्रसाद भट्ले ३०२ र राप्रपाका गिरिबहादुर रोकायाले ४२ मत पाए ।
यस्तै उपमेयरमा पनि कांग्रेसका सुनिता रावल विजयी भएकी छन् । उनले ६४२६ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५ मत पाइन् । तेस्रो भएको माओवादीका रमेशप्रसाद जोशीले जम्मा ३६६ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4