
४ जेठ, काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका बिर्मस मोक्तान निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस–माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका उनले ५ हजार १९४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द लामाले ४ हजार ७६० मत प्राप्त गरे ।
गठबन्धनबाट उपाध्यक्षमा कांग्रेसकी विमला माझीले ५ हजार २८१ प्राप्त गरी निर्वाचित भइन् ।
२०७४ को चुनावमा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4