
४ जेठ, हुम्ला । अदानचुली गाउँपालिकामा गठबन्धनले एमालेको गढ भत्काएको छ । अध्यक्षमा कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकाया (सुधार) निर्वाचति भएका छन् ।
मोहनविक्रमले एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै विजयी भएका हुन् ।
सिंहले १९६८ मत ल्याएर विजयी भएका छन् भने निर्वतमान अध्यक्ष फडेराले १३२९ मत ल्याएको मतदान अधिकृत यमप्रसाद बास्कोटाले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकाया (सुधार)ले १९९६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विद्रोही उम्मेरदवार (स्वतन्त्र) लोकेन्द्र भण्डारीले १००६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेको गढका रुपमा चिनिएको अदानचुलीमा पहिलो पटक एमाले पराजित भएको हो ।
जिल्लाकै निकै चासोका रुपमा हेरिएको अदानचुलीमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले गठबन्धनबाट पराजित भए ।
६ वटा वडा भएको गाउँपालिकामा ४ वडामा माओवादीका उम्मेरदवारले वडा अध्यक्ष विजयी भएका छन् भने एमाले र एकीककृत समाजवादीले एक/एक वडा जितेका छन्।
माओवादी केन्द्रको तर्फबाट वडानम्बर १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषि पाष्डे, ६ मा वृखबहादुर बुढाको प्यानल बीजयी भएको छ भने वडानम्बर १ मा नेकपा एमालेका नन्द महताराको प्यानल विजयी भएको छ ।
यसैगरी गठबन्धनमा संलग्न एकीकृत समाजवादीकातर्फबाट वडानम्बर ५ मा कमल छत्यालको गठबन्धनको प्यानल विजयी भएका छन् ।
प्रतिक्रिया 4