
४ जेठ, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।
नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा कांग्रेसका धर्म लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् ।
२१ हजार ७७१ मत खसेको बकैयामा कांग्रेसका लामिछानेले ११ हजार २९२ मत पाए । निकटतम् प्रतिस्पर्धी एमालेकी सरला बोलखेले ७०६६ मत पाइन् ।
उपाध्यक्षमा निर्वाचित माओवादीका भक्तबहादुर खत्रीले ९५२२ मत पाएका छन् भने निकटतम् प्रतिस्पर्धी एमालेका लालबहादुर स्याङ्तानले ७६५२ मत ल्याए ।
अघिल्लोपटक पनि यो गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4