+
+

जुम्लाको चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार कठायत निर्वाचित

उपमेयरमा कांग्रेसकी खड्का निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ११:४०

३ जेठ, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको मयेरमा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत निर्वाचित भएका छन् । २ हजार ४०३ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३२२ मत ल्याए ।

कांग्रेसले टिकट नदिएपछि महासमिति सदस्यबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्रमा उम्मेदवारी दिएका कठायतले नेकपा एकीकृत समाजवदी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग गठबन्धन गरेका थिए ।

उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्का निर्वाचित भएकी छन् । खड्काले २ हजार ८०८ मत प्राप्त गरिन् । समाजवादीका भिमबहादुर थापाले १ हजार ६७६ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?