
काठमाडौं । नेपालीमूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङ र अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबीचको हार्दिक सम्बन्ध नयाँ होइन ।
बाराक ओबामा र मिसेल ओबामा ह्वाइट हाउसमा रहँदादेखि गुरुङको ह्वाइट हाउस सम्बन्ध प्रिय नै छ । मिसेलले कैंयन पटक गुरुङका पहिरन लगाएकी मात्र छैनन्, गुरुङलाई ह्वाइट हाउसमा भोज पनि दिएका थिए ।
वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले त सपथ ग्रहणमा गुरुङकै पहिरन लगाएकी थिइन् । सपथ ग्रहणको ड्रेसले गुरुङ समेत चर्चामा रहे । केहीवर्षअघि अमेरिकामा एसियाली मूलका अमेरिकी विरुद्ध आक्रमण बढेपछि प्रबल अग्रपंक्तिमा उभिएर विरोध गरेका थिए ।
नेपाली समयानुसार गएराति ह्वाइट हाउसको रोज गार्डेनमा एसियन–अमेरिकनको लागि रिसेप्नस आयोजना गरियो । त्यहाँ, प्रबलसहितका एसियाली उपस्थित रहे । सो अवसरमा गुरुङसहितका आगन्तुकसँग राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले भेट पनि गरे ।
I admire, respect and absolutely adore her. She’s the beacon of possibility for many of us. pic.twitter.com/ztH96eMPYb
— Prabal Gurung (@prabalgurung) May 18, 2022
ह्यारिससँगको भेटपछि प्रबलले एउटा आम नेपाली युवाको सपना पुरा भएको बताएका छन् । ‘नेपालबाट आएको गहुँगोरो वर्णको केटोले यसरी सपना पुरा होला भन्ने कहिल्यै सोचेको थिएन । साथ, माया र सहयोगका लागि म्याडम भाइस प्रेसिडेन्टलाई धन्यवाद । उहाँ हामी सबैको सम्भावनाको स्रोत हुनुहुन्छ ।’
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उक्त रिसेप्सनमा राष्ट्रपति बाइडेनले एसियाली-अमेरिकीविरुद्धको घृणालाई अन्त्य गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4