
४ वैशाख, काठमाडौं । सुनको मूल्य तोलमा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै बुधबार चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ ।
मंगलबार ९६ हजार ७ सय रुपैयाँमा छापावाल र ९६ हजार २ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4