
कान्स फिल्म फेस्टिभल २०२२ को सुरुवात १७ मेबाट भइसकेको छ । फेस्टिभल मे २८ सम्म जारी रहनेछ । कान्स फिल्म फेस्टिभल कसरी सुरु भयो ? कथा रोचक छ ।
सन् १९३९ मा जर्मनीका तानाशाह हिटलरको मनोमानी बिरुद्ध यसको सुरुवात भएको थियो । यो त्यही समय थियो, जतिबेला विश्वमा एकमात्र फिल्म फेस्टिभल हुन्थ्यो, भेनिस फिल्म फेस्टिभल । उक्त फेस्टिभलमा इटलीका तानाशाह मुसोलिनी र जर्मनीको तानाशाह एडल्फ हिटलर आपसमा सल्लाह गरेर फिल्मको अवार्ड दिन्थे ।
फिल्ममा अभिनय, मेकिङ, कला जस्तो कुरालाई ध्यान दिइदैनथ्यो । त्यही मनोमानी बिरुद्ध सन् १९३९ मा फ्रान्सको कान्स शहरमा ‘कान्स फिल्म फेस्टिभल’ सुरु भयो । सुरुवात त्यती सहज भने थिएन । यद्यपि अहिले यो विश्वको सबैभन्दा प्रतिष्ठित फिल्म फेस्तिभलमा एक हो ।
सन् १९३८ मा फुरेको थियो फिल्म फेस्टिभल सुरु गर्ने जुक्ति
सन् १९३८ मा नेशलन एजुकेसनका फ्रेन्च मिनिस्टर जीन जेले प्रमूख अधिकारी, इतिहासकार फिलिप इरलैंगर र फिल्म पत्रकार रोबर्ट फेवर ली ब्रेटको सल्लाह अनुसार कान्स फिल्म फेस्टिभल गर्ने योजना बनाए । उनको योजनामा अमेरिका र ब्रिटिश सरकारको पनि साथ मिल्यो ।
कारण थियो, भेनिस फिल्म फेस्टिभलमा हिटलर र मुसोलिनीको मनोमानी । दुबै तानाशाहको रवैयाबाट दुःखी भएर फ्रेन्च, अमेरिकी र ब्रिटिश जूरी सदस्यले बिरोध गरेर उक्त समारोहबाट दूरी बढाए । दुबै तानाशाहको मनोमानीलाई जवाफ दिनका लागि फ्रान्सले ‘फ्रि फेस्टिभल’ गर्ने निर्णय लिए । सन् १९३८ मे ३१ मा फेस्टिभलको लोकसेन तय गरियो । यसै समय फ्रान्स सरकारले इन्टरनेशनल फिल्म फेस्टिभलको दस्तावेजमा हस्ताक्षर गरेर यसलाई आधिकारिकता दिलाए । पर्यटकलाई आकर्षित गर्नका लागि फ्रेन्च रिवेरा रिसोर्टलाई समारोह आयोजकस्थलको रुपमा तय गरियो ।
कहिले सुरु भयो ?
सन् १९३९ सेप्टेम्बर १ मा कान्स फिल्म फेस्टिभलको सुरुवात भयो । यो फिल्म मेला २० दिनसम्म जारी रह्यो । यसको उदेश्य भिन्न भिन्न किसिमको फिल्म र सिनेम्याटोग्राफीलाई बढाव दिनका लागि थियो ।
महोत्सवको पहिलो दिन स्थगित भएको थियो प्रदर्शन
फिल्म फेस्टिभलको ठीक अघिल्लो दिन ३१ अगस्टमा एक ओपनिङमा ‘पर्व रात’ (गाला नाइट) राखिएको थियो । यसमा त्यस बखतका तमाम हलिउड स्टार पुगेका थिए । त्यही बेला खबर फैलियो कि हिटलरले पोल्यान्डमाथि आक्रमण ग¥यो । नतिजा, फेस्टिभल स्थगित भयो । आयोजकले युद्ध शान्त हुने दिनसम्म प्रतिक्षा गरे । तर, युद्ध अरु चर्किदै गयो । ३ सेप्टेम्बरमा फ्रान्स र बेलायतले जर्मनीको बिरुद्ध युद्धको घोषणा गरे र दोस्रो विश्वयुद्ध सुरु भयो, जुन ६ बर्षसम्म चल्यो ।
फ्रान्स सरकारले फेस्टिभल रोक्नका लागि निर्देशन दिए । यसरी पहिलो इन्टरनेशन फिल्म फेस्टिभल सुरुवातमै स्थगित भयो ।
६ बर्षपछि शानदार उत्सव
सने १९३९ देखि १९४६ को बीच करिब ६ बर्षको पर्खाइपछि २० सेप्टेम्बरदेखि ५ अक्टोबरसम्म दुई पटक फेस्टिभल आयोजना गरियो । यसपटक फेस्टिभलमा २० देशले सहभागिता जनाए, जसको फिल्म पहिलो पटक कान्स फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।
बजेट नभएकाले दुई बर्षसम्म समारोह हुन सकेन
पहिलो समारोहपछि सन् १९४७ मा दोस्रो समारोह आयोजना गर्दा व्यवस्थापन र धेरै त्रुटीका कारण १६ देशले मात्र सहभागिता जनाएका थिए । त्यसैगरी बजेट अभावको कारण सने १९४८ मा यो समारोह हुन सकेन ।
सन् १९५१ देखि अहिलेसम्म बर्षेनी फिल्म फेस्टिभल
सन् १९५१ मा यस फिल्म फेस्टिभललाई सेप्टेम्बरको आसपासमा आयोजना गर्न लागिएको थियो । तर, भेनिस फिल्म फेस्टिभलसँग सोझो टक्कर पर्ने भएकाले यसबाट जोगिन मार्चदेखि जुन महिनाको बीचमा यस फिल्म फेस्टिभल आयोजना गरियो । व्यापक कभरेजको कारण चर्चित बनेको यो फेस्टिभलमा अहिले विश्वभरका फिल्मकर्मीहरु उत्साहका साथ सहभागी हुन थालेका छन् ।
प्रतिक्रिया 4