
४ जेठ, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका चन्द्र किशोर थारु निर्वाचित भएका छन् ।
नगरको मेयरमा एमालेका लक्ष्मण कुमार कार्कीलाई ५ हजार बढी मतले हराउँदै माओवादी केन्द्रका दिनेश अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ८३८ मत ल्याउँदा एमालेका कार्कीले १० हजार ६५२ मात्र मत ल्याए ।
यस्तै नगरपालिकाको उपाध्यक्षमा एमालेकी बाल कुमारी अधिकारीलाई पराजित गर्दै कांग्रेसका किशोर चौधरी थारु निर्वाचित भएका हुन् । थारुले १४ हजार २१३ मत ल्याउँदा बालकुमारीले १० हजार ६११ मात्र मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4