+
+

पोखरा महानगरपालिकामा धनराज २०३५ मतले र कोपिला २६७ मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १४:४१

४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम छ ।

३९ हजार ३१३ मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा २ हजार ३५ मत अन्तरले अगाडि छन् ।

आचार्यले १६ हजार ४१९ र थापाले १४ हजार ३८४ मत पाएका छन् । मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार ६२१ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ८९६ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटको अग्रता कायम छ । उनी एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङभन्दा २६७ मतले मात्रै अगाडि छिन् ।

कोपिलाको पक्षमा १६ हजार ६६५ मत आउँदा मञ्जुले १६ हजार ३९८ मत प्राप्त गरेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार ३७५ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?