
४ जेठ, लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे निर्वाचित भएका छन् ।
पाण्डेले ६ हजार ५ सय ५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनी यसअघि पनि प्रमुख थिए । उनको प्रतिस्पर्धी नेकपा एमालेका राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत पाए ।
यस्तै नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सीता गुरुङ ६ हजार ४ सय १७ मत ल्याएर विजयी भएकी छिन् ।
उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपेन्द्र अधिकारीले ५ हजार ७४ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4