
४ जेठ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका, काठमाडौंमा नेकपा एमाले विजयी भएको छ । बुधबार सकिएको मतगणनामा मेयर एमालेका मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा निर्वाचित भएका हुन् ।
अधिकारी १४ हजार २५० मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याए । एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले २ हजार २२२, स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३०८ राप्रपाका निना भेटवालले १ जार ३९ र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६५९ मत ल्याएका छन् ।
उपमेयरमा निर्वाचित एमालेकी लामाले १४ हजार ३१४ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याए । राप्रपाकी चम्पादेवी अधिकारीले १३१२ र माओवादी केन्द्रकी कमला गौमतले ८२७ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4