
फाइल तस्वीर
४ जेठ, गोरखा । पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल भेटिएपछि विवाद भएको हो ।
१० वटा वडा रहेको उक्त नगरपालिकामा ६ बाहेक अन्य सबै वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्मको नजिता अनुसार मेयरमा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले ५ हजार ७८३ र जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले ५ हजार ४२२ मत ल्याएका छन् । उनीहरु बीच ३ सय ६१ मतको अन्तर छ ।
कांग्रेसका उम्मेदवार दीपक बाबु कँडेलले भने ४ हजार ७५५ मत ल्याएका छन् । वडा नम्वर ६ को मगतणना गर्ने क्रममा विवाद भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4