
४ जेठ, काठमाडौं । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ विजयी भएका छन् ।
गुरुङले ५३५ मतका साथ माओवादी केन्द्रका तेम्बा गुरुङलाई पराजित गरेका हुन् । तेम्बाले ३०२ मत मात्रै ल्याए । पराजित भएका तेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् ।
गाउँपालिकाको उपाध्यक्षमा भने यसअघि नै एकीकृत समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।
गाउँपालिकाको वडानम्बर १ र ३ मा माओवादीले अध्यक्ष जितेको छ । यस्तै २, ५ मा कांग्रेस तथा ४, ६ मा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4