
४ जेठ, प्यूठान । प्यूठानको झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री निर्वाचित भएका छन् ।
माओवादी-नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्री ५ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ५ हजार ६९६ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् । उनले ६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका विष्णु घर्ति मगरले ४ हजार ५६२ मत ल्याएर दोस्रो भइन् ।
झिम्रुक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृह पालिका हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4