+
+

सोलुदूधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १७:०६

४ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नांगेल जाङबु शेर्पा निर्वाचित भएका छन् ।

शेर्पाले ४ हजार ८६८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पाले ४ हजार २९० मत पाए । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ङिमा तेण्डुप शेर्पाले १ हजार १८७ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा कांग्रेसकै गान्धीमाया तामाङ निर्वाचित भएकी छिन् । उनले ४ हजार ३८५ मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेकी मोहनकुमारी कार्कीले ४ हजार २७३ मत पाइन् । माओवादी केन्द्रकी शारदामाया तामाङले १ हजार ८९ मत प्राप्त गरिन् ।

नांगेल जाङबु शेर्पा दोस्रो कार्यकालको लागि मेयरमा निर्वाचित भएका हुन् ।

सोलुदूधकुण्ड नगरपालिकाको मत परिणामसँगै सोलुखुम्बुका सबै पालिकाको मत गणना सकिएको छ । जिल्लाका ८ स्थानीय तहमध्ये ५ वटा पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दवै पद जितेको छ ।  यस्तै पालिकामा एमाले जितेको छ भने एउटामा माओवादी केन्द्रले जितेको छ । सोलुदूधकुण्ड जिल्लाको एक मात्र नगरपालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?