+
+

सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १७:४९

४ जेठ, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा भरतकुमार थापा र उपमेयरमा लीलाकुमारी मोक्तान निर्वाचित भएका हुन् ।

थापा प्रतिस्पर्धी भन्दा तीन हजार ९८९ बढी मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले ११ हजार ३५७ मत प्राप्त ग्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका टंकबहादुर बस्नेत ‘गोकुल’ले ७ हजार ३६८ मत मात्रै पाए ।

मोक्तान पनि दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनले १० हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याइन् ।

बागमतीसहित माओवादी केन्द्रले सर्लाहीमा चारवटा पालिकामा जित निकालेको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले बलरा नगरपालिका र रामनगर गाउँपालिका जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?