+
+

पर्साको पर्सागढीको मेयर र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १८:४०

४ जेठ, काठमाडौं । पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरी निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित पाठकले ६ हजार ६२४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ७३३ मत ल्याएर दोस्रो भए ।

उपमेयरमा निर्वाचित चौधरीले ७ हजार ६१६ मत ल्याएर निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत ल्याएर दोस्रो भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?