
४ जेठ, बारा । बाराको सुवर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
जनता समाजवादी पार्टीका उम्मेदवारलाई हराउँदै गाउँपालिका अध्यक्षमा राजेश यादव र उपाध्यक्षमा पुनमकुमारी यादव निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित यादवले ५ हजार ३५१ र उपाध्यक्षमा पुनम यादवले ३ हजार ९८० मत प्राप्त गरे । उनीहरुका निकटतम प्रतिस्पर्धी जसपाका महेन्द्र यादवले अध्यक्षमा ३ हजार १३७ र जपती देवीले ३ हजार ३४८ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4