
४ जेठ, गोरखा । पालुङटार नगरपालिकामा रोकिएको मतगणना पुनः सुरु भएको छ । मतपेटिकामा लगाइएको शिलबन्दीको बिषयमा विवाद हुँदा बुधबार दिउँसोदेखि मतगणना स्थगित भएको थियो ।
मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सुरु गरिएको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।
‘सबै दलहरु सहमत हुनुभयो, तर जनता समाजवादी पार्टीका प्रतिनिधिले हस्ताक्षर गर्न मान्नुभएन,’ उनले भने, ‘अन्य दलका प्रतिनिधिहरुले सहमति जनाउनुभयो र सुरक्षाकर्मीको रोहवरमा समेत मतगणना सुरु गरेका हौं ।’
मतगणना रोकिएपछि निर्वाचन अधिकृतको कार्यालयलाई बुधवार पत्राचार गर्दै निर्वाचन आयोगले सुरक्षाको आवश्यक प्रबन्ध मिलाइ मतगणना कार्य प्रारम्भ गर्न निर्देशन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4