
४ जेठ, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् ।
सत्तारुढ अरु दलको पनि समर्थन पाएका पौडेलले १८ हजार ७४३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी सरस्वती चौधरीले १७ हजार ७७९ मत पाइन् ।
यस्तै लोसपाको मेयर उम्मेदवार सञ्जय साहले पाँच हजार ३८२ मत ल्याएका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरमा एमाले उम्मेदवार भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भए । उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाही १५ हजार ८४२ मत मात्र ल्याएकी छन् ।
लोसपाको तर्फबाट उपमेयर उम्मेदवार बिपी मोक्तानले पाँच हजार २७ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4