
५ जेठ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको मेयरमा जनता समाजवादी (जसपा) र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा जसपाका सिंगासन साह तेली र उपमेयरमा एमालेकी सुष्माकुमारी कुशवाहा निर्वाचित भएका छन् ।
मेयरमा निर्वाचित तेलीले ६ हजार ४ मत ल्याउँदा एमालेका शिवप्रसाद पटेलले ५ हजार ६५८ मत पाए । नेपाली कांग्रेसका नितेन्द्रप्रसाद साह तेलीले ५ हजार ५६१ मत ल्याएर तेस्रो भए । २०७४ सालको निर्वाचनमा उनी मेयरमा निर्वाचित भएका थिए ।
उपमेयरमा एमालेकी कुशवाहाले ६ हजार ४४० मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी सोनामती देवी यादवले ५५२५ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4