
५ जेठ, वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमोद तिवारी निर्वाचित भएका छन् ।
निकतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका विवेक चौरसियालाई ६७३ बढी मत ल्याएरर तिवारी निर्वाचित भएका हुन् ।
समाजवादीका तिवारीले ४ हजार १४१ मत ल्याउँदा चौरसियाले ३ हजार ४६८ मत मात्र ल्याए । यस्तै एमालेका गम्भिरा साह तेली १ हजार ८८९ मत पाए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी ज्योति देवी चौरसिया निर्वाचित भएकी छिन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सुनिता चौरसियालाई ७९ मतले हराउँदै एमालेकी चौरसिया निर्वाचित भएकी हुन् ।
ज्योति देवीले २ हजार ३६६ मत ल्याउँदा सुनिताले २ हजार २८७ मत मात्र ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4