
फाइल तस्वीर
५ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
‘अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4