+
+

निर्वाचन आयोगको निर्देशनले सुरु भयो धुलिखेलको मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १९:४५
मतगणनाको फाइल तस्वीर ।

५ जेठ, काभ्रे । निर्वाचन आयोगको निर्देशनपछि धुलिखेल नगरपालिका, काभ्रेको मतगणना सुरु भएको छ । र, मेयरमा नेकपा एमालेका अशोक व्यञ्जुको अग्रता कायमै छ ।

मतगणनासम्बन्धी निर्देशिकमा मतपत्र १ देखि ५ सम्म एक पदमा एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गरेको भए उम्मेदवार भएको वा नभएको भए बदर गर्ने व्यवस्था छ ।

तर धुलिखेलमा एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने सहमति गरेको थियो । सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणा समेत भइसकेको छ । तर वडा नम्बर ९ को गणनाका क्रममा एमाले सहमतिबाट पछि हट्यो र निर्देशिकाअनुसार नै मत गणना हुनुपर्ने अडान लियो ।

अरु दल त्यसमा सहमत भएपछि धुलिखेलको मत गणना दुई दिनसम्म रोकिएको थियो । स्थानीय स्तरमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यालयले निवार्चन आयोगको राय माग्यो, जसमा गणना भइसकेको हकमा केही नगर्ने, तर नयाँ गणना निर्देशिकाअनुसार नै गर्न निर्देशन दिएको छ ।

त्यसअनुसार बिहीबार दिउँसोदेखि धुलिखेलको मत गणना सुरु भएको छ । तर एमाले वाहेकका दलहरुले विरोध गरेका छन् ।

हेर्नुहोस् निर्वाचन आयोगको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?