
६ जेठ, काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका धर्मराज शाही निर्वाचति भएका छन् ।
एमालेका दयाराम सिम्खडालाई पराजित गर्दै शाही विजयी भएका हुन् । शाहीले ३०४७ मत ल्याएर विजयी भए । उनका निकट्तम प्रतिस्पर्धी एमालेका सिम्खडाले २११७ मत पाए । शाहीलाई एकीकृत समाजवादीको साथ थियो ।
अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकी धिरेन्द्राकुमारी उपाध्यायले ४८० मत पाइन् ।
यस्तै उपमेयरमा भने एकीकृत समाजवादीका मनिराज बराल विजयी भएका छन् । उनी २८०९ मतका साथ उपमेयरमा निर्वाचित भएका हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकै उमा शाहीले १३०१ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4