
नेपाली कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरी र एमालेकी उपमेयर उम्मेदवार स्यानी चौधरी ।
६ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरी नेकपा एमालेका उम्मेदवारभन्दा १०२ मतले मात्र अघि छन् । उपप्रमुखमा एमाले उम्मेदवार स्यानी चौधरी भने एकीकृत समाजवादीका उम्मेदवारभन्दा १ हजारभन्दा बढी मतअन्तरले अगाडि छिन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गिरीले ८ हजार ४३ मत पाउँदा उनलाई एमाले उम्मेदवार टिकाराम खड्काले ७ हजार ९२२ मतसहित पछ्याइरहेका छन् ।
एमालेको उपप्रमुख उम्मेदवार स्यानी चौधरीले ७ हजार ३६८ मत पाउँदा अर्का प्रतिस्पर्धी जोगबहादुर रानामगरले ६ हजार २२५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4