
६ जेठ, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
बढेको मूल्यसँगै छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य १२ सय ७० रुपैयाँ तोकिएको छ । बिहीबार तोलामा १२ सय ५५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4