
नरहा गाउँपालिका अध्यक्षमा निर्वाचित रामप्रमोद यादव
६ जेठ, सिरहा । सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित भएका हुन् ।
यादवले जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार रामसोगारथ यादवलाई १७८ मत अन्तरले पराजित गरे । रामप्रमोदले २ हजार ६९५ मत ल्याउँदा रामसोगारथले २ हजार ५१७ मत प्राप्त गरे । नेपाली कांग्रेसका कौशल मण्डलले २ हजार ११४ मत पाएका छन् ।
दोस्रो कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित चौधरीले २ हजार ५७१ मत पाएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अरहुल्लादेवी यादवले २ हजार ३२३ मत पाइन् । जसपाकी फूलोदेवी यादवले २ हजार १०४ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4