
६ जेठ, झापा । झापाको विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार पवित्रा महतारा प्रसाईं निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज सिटौलालाई हराउँदै उनी मेयरमा निर्वाचित भएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले अनलाइनखबरलाई बताए ।
महताराले १६ हजार ५२० मत ल्याउँदा सिटौलाले १२ हजार ७६२ मत पाए । राप्रपाका मेयर उम्मेदवार ५ हजार ६५६ मत पाए ।
विर्तामोडको उपमेयरमा पनि एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सीपी कडरियालाई पराजित गरे । संग्रौलाले १५ हजार ५८६ मत ल्याए भने कडरियाले ८ हजार ४५१ मत प्राप्त गरे । राप्रपाकी उपमेयर उम्मेदवार ६ हजार ८६० मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4