
तस्वीर : सामाजिक सञ्जालबाट
६ जेठ, गौर । रौतहटको राजपुर नगरपालिकाको मेयरमा मोहम्मद राजीक आलम निर्वाचित भएका छन् ।
मेयरमा निर्वाचित आलम गौर काण्डमा थुनामा रहेका कांग्रेस नेता अफ्ताब आलमका छोरा हुन् । शुक्रबार सकिएको मतगणनामा आलम ६ हजार ३३५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मोहम्मद जैर आलमले ३ हजार ७५१ मत पाए ।
उपमेउरमा कांग्रेसकी जमिला असगरी ६ हजार २६८ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी एमालेकी शेख नसरुल्लाहले २ हजार ७७५ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4