
६ जेठ, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मनोज कुमार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
मनोजले ४ हजार १८८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका इन्द्रासन साह कलवारले ३ हजार ८६८ मत पाएका छन् ।
उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । उपाध्यक्षमा लीलावती देवी कानूले निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी मोदिना खातुनलाई २११ मतान्तरले पराजित गरिन् । लीलावतीले ३ हजार ८०९ मत पाउँला मोदिनाले ३ हजार ५९० मत ल्याएकी छन् । २०७४ सालको निर्वाचनमा मोदिना माओवादी केन्द्रबाट उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।
५ वटा वडा रहेको छिपहरमाई गाउँपालिकामा २ वटामा एमाले र ३ वटामा कांग्रेसले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4