
६ जेठ, काठमाडौं । महोत्तरीको बलवा नगरपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामविजय महतो र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार रामदुलारी देवी निर्वाचित भएकी छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद कुमार यादवलाई १००० बढी मतले हराउँदै महतो नगरको प्रमुखमा निर्वाचित भएका हुन् ।
महतोले ५ हजार ७८३ मत ल्याउँदा कांग्रेसका यादवले ४ हजार ६७० मात्र मत ल्याए ।
यस्तै जनता समाजवादीका धिरेन्द्र प्रासद यादवले २ हजार ३०९, माओवादी केन्द्रका राम सुन्दर यादवले २ हजार ३०२ मत ल्याए ।
यस्तै नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी राम दुलारी देवीले ५ हजार १०८ मत ल्याएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी श्रीमती रेखा कुमारीलाई २७ मतले पराजित गरिन् ।
रामदुलारीले ५ हजार १०८ मत ल्याउँदा श्रीमती रेखा कुमारीले ५ हजार ८१ मत ल्याइन् ।
प्रतिक्रिया 4