+
+

भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते २०:३३

६ जेठ, मुगु । जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् ।

आफनो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका छन् । भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका २ वटा घण्टा समाती पदभार सम्हालेका हुन् ।

नगरबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने, ५ बर्षको पारिश्रमिकबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।

नगरका सम्पूर्ण वस्तीमा विद्युत सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरबासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले बाचा गरेका छन् । उनले वडाअध्यक्ष हुदा पनि ५ बर्षको पारिश्रम रकम नगरका सबै बस्तीस्तरका गरिव दलित जेहेन्दारलाई राहत वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?