
८ जेठ, जुम्ला । जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।
कनकासुन्दरी-६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।
प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५/२० मिटर तल खसेको छ ।
दुर्घटना भएको एम्बुलेन्स कनकासुन्दरी गाउँपालिकाको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4