+

प्रिमियर लिग सिजनकै उत्कृष्ट खेलाडी बने म्यानचेस्टर सिटीका डी ब्रुयना

२०७९ जेठ  ८ गते १२:३५ २०७९ जेठ ८ गते १२:३५
प्रिमियर लिग सिजनकै उत्कृष्ट खेलाडी बने म्यानचेस्टर सिटीका डी ब्रुयना

८ जेठ, काठमाडौं । म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना प्रिमियर लिग २०२१-०२२ सिजनको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

३० वर्षीय डी ब्रुएना प्रिमियर लिगको वेवसाइटमा समर्थकले गरेको मत, लिगका २० क्लबको कप्तान र फुटबल प्यानल एक्सपर्टको मतका आधारमा विजेता बनेका हुन् ।

ब्रुएनाले आफ्नै टिमका जाओ कान्सेलो, लिभरपुलको मोहमद सलाह, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, वेष्टह्याम जारोड बोवेन, आर्सनलका बुकाया साको, टोटनहमका हेउन मिन सन र साउथह्याम्पटनका जेम्स वार्ड प्रोवसलाई पछि पारेका हुन् ।

डी ब्रुयना एक पटक भन्दा बढी प्रिमियर लिगको उत्कृष्ट खेलाडी जित्ने थियरी हेनरी, क्रिस्टियानो रोनाल्डो र नेमान्जा भिडिजको समूहमा समावेश भएका छन् ।

बेल्जियन मिडपिल्डर डी ब्रुयनाले यसअघि २०१९–२० को सिजन पनि उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । यस सिजन उनले १५ गोल गर्नुका साथै सात गोलका लागि सहयोग गरेका छन् ।

‘दोस्रो पटक यो अवार्ड जित्न पाउँदा म धेरै गौरवान्वित छु,’ डे ब्रुयनाले भने । उनले यस सिजन आफ्नो प्रदर्शन राम्रो रहेको र सिजनभर टिमलाई गोल र असिस्टबाट सहयोग गर्न पाउँदा खुशी रहेको बताए ।

यसैगरी सिटीकै युवा मिडफिल्डर फिल फोडेन उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । उनी लगातार दुई पटक यो अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।

इंग्ल्याण्डका खेलाडी फोडेनले ९ गोल गर्नुका साथै पाँच असिस्ट गरेका छन् ।

केभिन डि ब्रुयेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय