
८ जेठ, काठमाडौं । विलासिताको वस्तुको बढ्दो आयातका कारण अर्थतन्त्र संकट उन्मुख रहेको भनिइरहँदा सुन आयातमा भने भारी वृद्धि देखिएको छ । भन्सार विभागको चलु आवको १० महिनाको तथ्यांक अनुसार यस अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन नेपाल भित्रिएको छ । जुन गत आवको यसै समयको भन्दा झण्डै १४ अर्बले बढी हो ।
गत आवको वैशाखसम्म नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो । गत आवको तुलनामा सुन आयातमा भएको वृद्धि ५२.५१ प्रतिशत हो ।
यस्तै सुनका लागि गरिने लगानीक वृद्धि ६८.६८ प्रशितले हो भने सुन आयातमा सरकारले आम्दानी गर्ने राजश्व वृद्धि ५३.९३ प्रतिशतले भएको देखिन्छ ।
गत २१ चैतमा नेपाल राष्ट्र बैंकले सुन लगायतका वस्तुको एलसी खोल्न रोकेको थियो । तर, वैशाख दोस्रो साता वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेर आयातमा कडाइ गर्ने वस्तुको सूची सार्वजनिक गरे पछि सुनको एलसी खुल्न थालेको थियो । अहिले वाणिज्य बैंकमार्फत सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।
प्रतिक्रिया 4