+

नेपाली क्रिकेट टिमले अमेरिकामा २ अभ्यास खेल खेल्ने

२०७९ जेठ  ९ गते ८:०३ २०७९ जेठ ९ गते ८:०३
नेपाली क्रिकेट टिमले अमेरिकामा २ अभ्यास खेल खेल्ने

९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने शृङ्खलाअघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानको अनुसार नेपाल लिग टू को तयारी स्वरुप नेपाली अल स्टार्स र हाउस्टन हुरिकेनसँग ५० ओभरको खेल खेल्नेछ । खेल यही जेठ १९ र २१ गते हुनेछ ।

नेपाली टोली जेठ १५ गते अमेरिका पुग्नेछ । नेपालका पूर्वक्रिकेट खेलाडीहरूले चलाइरहेको नेपाली अल स्टारर्ससँगको सहकार्यमा यो भ्रमण सम्भव भएको क्यानले जनाएको छ ।

नेपाली अल स्टार्सले यस बाहेक नेपाललाई तीन दिन अभ्यासको व्यवस्थासमेत मिलाएको छ । लिग टू का खेलहरू जेठ २५ देखि असार १ गतेसम्म हुनेछ ।

नेपाली क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय