
काठमाडौं । लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लंगडाको साथी’मा आधारित फिल्म ‘अभिन्न’को पोस्टर सार्वजनिक भएको छ ।
अभिनेता कार्मको मुख्य भूमिका रहेको फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । सिनेमा हलमा रिलिजअघि फेस्टिभलमा फिल्म पठाउने तयारी भइरहेको जानकारी कार्मले दिए ।
छायांकन सकिएको फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ भने चाँडै ट्रेलर रिलिज गरिने जनाइएको छ । कोरोना महामारीको लकडाउनअघिदेखि छायांकन सुरु भएको फिल्मलाई फेस्टिभलपछि मात्र हलमा रिलिज गरिने भएको छ ।
वाङ्देलले २००८ सालमा लेखेको यो उपन्यासमा दार्जिलिङ सहर डुलिहिंड्ने एक अपांग व्यक्तिले भोग्नुपरेको कारुणिक जीवनकथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरिएको छ । फिल्म पनि उपन्यासको यही सेटिङ र कथावस्तुमा बनेको छ ।
दार्जिलिङकै परिवेशमा फिल्म छायांकन भएको हो । वाङ्देल एण्ड शाक्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई विभाकर शाक्यले निर्माण गरेका हुन् । रञ्जित गजमेरले फिल्ममा संगीत भरेका छन् ।
प्रतिक्रिया 4