
९ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ ।
सोमबार दिउँसो अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेको हो ।
त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुले बोकेको मसाल खोसेर निभाएको थियो । नेपाल आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।
पछिल्लो एक हप्ताका बीचमा पेट्रोलमा एक लिटरमै २० रुपैयाँ मूल्य बढेको छ ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4