
१० जेठ, काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सम्भाव्यताबारे जहाज निर्माता कम्पनी एयरबससँग छलफल गरेको छ ।
कम्पनीका अनुसार पोखराबाट कुन जहाज कुन गन्तब्यमा उपयुक्त हुन्छ भन्नेबारे एयरबसले सुझाव दिएको छ ।
बुद्ध एयरका अनुसार कम्पनीले पोखराबाट भारतका विभिन्न शहर र अन्य देशमा उडानको तयारी गरिरहेको छ । कम्पनीले लामो दुरीको उडानका लागि नयाँ जहाज भित्राउने तयारी समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4